दफा ८२
परिपालना परीक्षकको नियुक्ति
(१) सूचक संस्थाले परिपालना परीक्षक नियुक्ति गर्दा वित्तीय जानकारी इकाईको वेबसाइटमा सूचीकृत रहेका परिपालना परीक्षकमध्येबाट आर्थिक वर्ष समाप्त हुनुभन्दा छ महिना अगावै नियम ८१ को अधीनमा रही छनोट तथा नियुक्त गरी सोको जानकारी त्यस्तो संस्थाको सञ्चालक समिति वा त्यस्तै प्रकृतिको समिति वा साधारण सभामा दिनु पर्नेछ।

तर पहिलो पटक परिपालना परीक्षक छनोट गर्दा यो व्यवस्थाले बाधा पारेको मानिने छैन।

(२) सूचक संस्थामा कुनै समयमा कार्यरत रहेको परिपालना परीक्षक वा लगातार तीन पटकसम्म परिपालना परीक्षक भइसकेको व्यक्ति वा त्यस्तो व्यक्ति आबद्ध भएको वा आबद्ध भई कार्य गर्न सम्झौता गरेको कम्पनी वा संस्था पुनः सोही सूचक संस्थामा परिपालना परीक्षक भई परीक्षण गर्नको लागि योग्य हुने छैन।

(३) ऐनको दफा ३५ज. को उपदफा (२) बमोजिम विशेष परिपालना परीक्षण वा जोखिम मूल्याङ्कन गर्दा वा गराउँदा कम्तीमा ऐनको दफा ३भ््‌्छ. को खण्ड (क) बमोजिमको योग्यता भएको व्यक्ति वा त्यस्तो व्यक्तिले काम गर्ने वा गराउने कम्पनी वा संस्था हुनु पर्नेछ।

(४) ऐनको दफा ३भ्‌झ. को खण्ड (च) बमोजिम सम्परीक्षण: गर्दा व्यवसाय वा पेशाको प्रकृति र जोखिम अनुसार नियमनकारी निकायले निर्धारण गरेका विषय समेत समेट्नु पर्नेछ।